
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरिएको छ। सूचना तथा प्रसारण मन्त्रालयले प्रकाशित गरेको नामावलीअनुसार अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको छ।
सञ्चार मन्त्रालयले २०८२ साल वैशाख ५ मा अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । आवेदन दिनेहरुमा बोर्डका पूर्वअध्यक्ष लक्षमण हुमागाईं, कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोक कुमार घिमिरे, पदम राज जोशी र अनन्त कान्त मैनाली छन् । २०७७ चैतमा नियुक्त भएका हुमागाईंको कार्यकाल गत चैतमा समाप्त भएको थियो ।
अध्यक्ष पदका लागि सरकारसमक्ष सिफारिस गर्न एक सिफारिस समिति गठन गरिनेछ । त्यसमा मन्त्रालयका सचिव संयोजक, मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयका एकजना विज्ञ सदस्य र सहसचिव सदस्य-सचिव रहनेछन् । समितिले योग्यता पुगेका उम्मेदवारहरुमध्येबाट उपयुक्त व्यक्ति छनोट गरी सिफारिस गर्नेछ ।