बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कोसी प्रदेश

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन झापामा प्रहरीद्वारा दुई राउन्ड गोली प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन झापामा प्रहरीद्वारा दुई राउन्ड गोली प्रहार
प्रतीकात्मक तस्बिर ।
झापा, वैशाख २२ :

झापामा लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्ने प्रयासमा प्रहरीले गोली प्रहार गरेको छ। गोली हानिएको भए पनि ती व्यक्ति भने फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान  कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले सवारी चेकजाँचका क्रममा भारत नम्बर प्लेट (BR 37T 9198) रहेको मोटरसाइकल रोकेका थिए।

मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि झोला र मोटरसाइकल छाडेर भाग्न थालेपछि उनलाई रोक्ने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, फरार व्यक्तिले छाडेको झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर फेला परेको छ।

फरार अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार