सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
समाचार प्रदेश कोसी प्रदेश

मृतकको संख्या तीन पुग्यो

· मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
मृतकको संख्या तीन पुग्यो
धनकुटा, वैशाख २३ :

सुनसरीको धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा थप दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बस चालक सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१३ बस्ने ५१ वर्षीय रुद्र तामाङ र भोजपुरको षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

योसँगै दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । दुर्घटनामा परी धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबारै मृत्यु भएको थियो ।

सुनसरीको धरानबाट भोजपरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमवार बिहान धनकुटा-६ स्थित गोठगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ११ जनाको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार