
काठमाडौं, वैशाख २४ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।
खुमलटारस्थित निवासको शौचालयमा उनी गएराति चिप्लिएर घाइते भएका हुन् । उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । टाउको र निधारमा चोट लागेको र उपचारपछि प्रचण्ड डिस्चार्ज भएका छन् ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । प्रचण्ड अहिले निवासमै आराम गरिरहेका छन् ।