बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

छोरी गंगा भन्छिन्- ‘सामान्य चेकजाँचपछि घर फर्केर नियिमित काममा संलग्न हुनुभएको छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ वैशाख, २०८२ मा प्रकाशित
छोरी गंगा भन्छिन्- ‘सामान्य चेकजाँचपछि घर फर्केर नियिमित काममा संलग्न हुनुभएको छ’
काठमाडौं, वैशाख २४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।

खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन् ।

घाइते भएपछि राति नै उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । अहिले प्रचण्ड आफ्नो निवासमै नियमित काममा रहेको उनकी छोरी गंगा दाहालले जनाएकी छन् ।

‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियिमित काममा संलग्न हुनु भएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद !’ गंगा दाहालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा मा लेखेकी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार