बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

पानी परीक्षणबाट आएको रिपोर्टको आधारमा अनुसन्धान अघि बढाईने

भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि काठमाडौँमा फर्किएको हो । जोखिमयुक्त क्षेत्र पहिचानका लागि घटनास्थलका १० स्थान सहित वरपरका ७ स्थानबाट नमुना संकलन गरिएको छ ।
· बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
पानी परीक्षणबाट आएको रिपोर्टको आधारमा अनुसन्धान अघि बढाईने
मकवानपुर, वैशाख २५ :

हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानामा पर्ने गैरी गाउँको सडकमा गत वैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौँ फर्किएको छ ।

भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि   काठमाडौँमा फर्किएको हो । जोखिमयुक्त क्षेत्र पहिचानका लागि घटनास्थलका १० स्थान सहित वरपरका ७ स्थानबाट नमुना संकलन गरिएको छ । म्याग्रेटोमिटरको प्रयोगका आधारमा गाडी ६ मिटर गहिराईमा पुरिएको अनुमान गरिएको छ ।

टोली प्रमुख नारायण अधिकारीले उक्त स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको रिपोर्ट अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभयो ।  

टोलीले  मङ्गलबार र बुधबार उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारीसाधनको क्षति हुन नदिन प्रहरीले  सुरक्षा घेरामा राखेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार