मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार अर्थतन्त्र भिडियो

नेपालको रोजगारीको समस्या पर्यटन र ऊर्जा क्षेत्रले समाधान गर्न सक्छ : विनोद चौधरी

ऊर्जामन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीले दिए संसद्‌मै बधाई
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ वैशाख, २०८२ मा प्रकाशित
नेपालको रोजगारीको समस्या पर्यटन र ऊर्जा क्षेत्रले समाधान गर्न सक्छ : विनोद चौधरी
काठमाडौं, वैशाख २६ :

नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले नेपालको रोजगारीको समस्या पर्यटन र ऊर्जा क्षेत्रले समाधान गर्न सक्ने जनाएका छन् ।

प्रतिनिधि सभामा विशेष समयमा उनले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जामन्त्रीलाई बधाईसमेत दिए । ‘ऊर्जाबाटै समृद्धि हासिल गर्ने लक्ष्यसहित कुन समयमा के गर्ने भनेर पहिलोपटक तालिका सार्वजनिक भएको’ चौधरीको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राम्रो काम गरेको उल्लेख गर्दै सांसद चौधरीले मन्त्रालयले पहिलोपटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गर्नु देशका लागि सुखद विषय भएको धारणा राखे ।

सरकारले सन् २०२५ देखि २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना ल्याई कार्यान्वयनमा ल्याइसकेको छ ।

सांसद चौधरीले उत्पादित विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी भारत तथा बंगलादेशमा बिक्री गर्ने योजना रहेको उल्लेख गरे । विद्युत् विकासको मार्गचित्र ऊर्जामन्त्रीको योजनामा समेटिनु सिंगो सरकारको सफलता भएको उनको भनाइ थियो । नेपालले आन्तरिक खपतपछि बाँकी रहेको विद्युत् भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने तयारी गरिरहेको पनि चौधरीले जानकारी दिए ।

उद्योगीसमेत रहेका सांसद चौधरीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरी प्राधिकरणको वास्तविक अवस्था स्पष्ट पारेको बताए । ‘अहिलेको अवस्थामा प्राधिकरणले हिउँदको समयमा आन्तरिक खपतका लागि आवश्यक विद्युत् उत्पादन गर्न सक्दैन,’ उनले भने, ‘आगामी दुई वर्षसम्म बाह्य स्रोतबाट विद्युत् आयात गर्नुपर्ने स्थिति रहेको छ भन्ने इमानदार अभिव्यक्ति उहाँले दिनुभएको हो । वास्तविकता त्यही हो ।’

चौधरीले ऊर्जा क्षेत्रको विकासका लागि हाल ५ हजार मेगावाटका पीपीए भइसकेका आयोजनालाई छिटो अगाडि बढाउनुपर्नेमा पनि जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार