बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

चितवनमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति भएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
चितवनमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति भएन
चितवन, वैशाख २७ :

चितवनको रत्ननगरमा गुडिरहेको यात्रुबाहक बसमा शुक्रबार राति अचानक आगलागी भएको छ। यद्यपि, घटनामा मानवीय क्षति भने भएको छैन।

रत्ननगर नगरपालिका–१६ स्थित कयरखोलानजिकको भित्री सडक खण्डमा राति करीब १०:४५ बजे पर्साबाट पिठुवातर्फ आउँदै गरेको बा प्र ०६–००१ ख ०१८८ नम्बरको बसमा एक्कासि आगलागी भएको चितवन प्रहरीले जनाएको छ।

बसमा यात्रु नभएको र चालकसहित सबै कर्मचारी सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै चालक र अन्य कर्मचारीहरूले बसबाट उत्रिनुका साथै तत्काल प्रहरी र स्थानीयवासीलाई खबर गरेका थिए।

घटनास्थलमा खैरहनी नगरपालिकाको दमकल परिचालन गरी आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पछिल्लो समय कहिले स्कुल बस त कहिले गुडिरहेको यात्रुबसमा अचानक आगलागीका घटनाहरु भइरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार