बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सीमा क्षेत्रमा आवतजावत गर्न परिचयपत्र अनिवार्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
सीमा क्षेत्रमा आवतजावत गर्न परिचयपत्र अनिवार्य
फाइल फोटो ।
कैलाली, वैशाख २७ :

भारत–पाकिस्तानबीचको पछिल्लो तनावका कारण नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाइएको छ। विशेष गरी कैलालीको गौरीफन्टा नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले निगरानी कडाइ गरेको छ।

भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र र भारतीय आधार कार्ड देखाउनुपर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीले जानकारी दिए।

सामान्य अवस्थाभन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको धामीले बताए। युद्धको संवेदनशीलतालाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणका लागि कडाइ गरिएको हो।

नेपाल प्रहरीले समेत सीमामा निगरानी तीव्र बनाएको छ। चोरी, तस्करीजस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रहरी प्रवक्ता राजकुमार सिंहले बताए।प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सतर्क रहन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार