बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पक्कि पुल भाँचियो

· आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पक्कि पुल भाँचियो
रामेछाप, वैशाख २८ :

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र ७ जोड्ने ठेडिखोला नजिकैको तामाकोसी नदिमा बनेको मोटरेबल पक्कि पुल निर्माणकै क्रममा भाँचिएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल  भाँचिएको हो । ४ वटा स्पान भएको सो पुलको चौथो स्पान भाँचिएको हो ।

सडक बिभागको २२ करोड ५५ लाखको लागतमा निर्माण भईरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको बताईएको छ । २ सय ३० मिटर लामो पुल निर्माणको काम कालिका कल्पबृक्ष जेभि निर्माण कम्पनीले  गरिरहेको छ ।

२०७८ सालबाट निर्माण शुरु गरिएको उक्त पुल यहि असार मसान्त सम्ममा सक्ने गरि निर्माण भइरहेको थियो ।  निर्माण कम्पनीले पुल भाँचिनुको कारणबारे प्राबिधिक टोलीले परिक्षण गर्ने बताएको छ ।

उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दूरी पर्दछ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार