
रामेछाप, वैशाख २८ :
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र ७ जोड्ने ठेडिखोला नजिकैको तामाकोसी नदिमा बनेको मोटरेबल पक्कि पुल निर्माणकै क्रममा भाँचिएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल भाँचिएको हो । ४ वटा स्पान भएको सो पुलको चौथो स्पान भाँचिएको हो ।
सडक बिभागको २२ करोड ५५ लाखको लागतमा निर्माण भईरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको बताईएको छ । २ सय ३० मिटर लामो पुल निर्माणको काम कालिका कल्पबृक्ष जेभि निर्माण कम्पनीले गरिरहेको छ ।
२०७८ सालबाट निर्माण शुरु गरिएको उक्त पुल यहि असार मसान्त सम्ममा सक्ने गरि निर्माण भइरहेको थियो । निर्माण कम्पनीले पुल भाँचिनुको कारणबारे प्राबिधिक टोलीले परिक्षण गर्ने बताएको छ ।
उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दूरी पर्दछ ।।