बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

सत्य निरुपण आयोगमा थापा, बेपत्ता छानबिनमा गड्तौला सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
सत्य निरुपण आयोगमा थापा, बेपत्ता छानबिनमा गड्तौला सिफारिस
काठमाडौं, वैशाख २८ :

संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी सिफारिस गरिएको छ। सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगका लागि पूर्वमुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ।

सिफारिस समितिका संयोजकसमेत रहेका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सिफारिस समितिले पदाधिकारीको नाम टुंगो लगाएको पुष्टि गरे। ‘समितिले नाम सिफारिस गरेको छ, ती नामहरू अहिले गोप्य राखिएका छन्,’ उनले भने, ‘अब बाँकी निर्णय सरकारले गर्नेछ।’

यसअघि द्वन्द्वपीडितहरूले भागबण्डा अनुसार पदाधिकारी नियुक्त गर्ने प्रयास भएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै असहमति जनाउँदै आएका थिए। उनीहरूले प्रक्रिया पारदर्शी र पीडितकेन्द्रित नहुन सक्ने भन्दै आलोचना गरेका थिए। उनीहरुले आफूहरुको प्रतिनिधित्व नभए छुट्टै आयोग बनाउने चेतावनी समेत दिएका दिँदै आएका छन् । सरकारले यी आयोगमा नयाँ नेतृत्व टुंग्याउन सिफारिस समिति गठन गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार