गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन्। आइतबार साँझ उनले अर्थमन्त्री तथा समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएका हुन्।
नेपाली कांग्रेसले पौडेललाई आगामी गभर्नरका रूपमा अघि सारेको छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटमा देउवाले पौडेलको नाम सिफारिस गरेका थिए। त्यसको भोलिपल्टै पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका हुन्।
यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्ने तयारीमा राजीनामा दिएका थिए। तर उनको राजीनामा लामो समयसम्म स्वीकृत नहुँदा सत्ता गठबन्धनले नयाँ विकल्पको खोजी गर्दै विश्व पौडेललाई अघि सारेको हो।
विश्व पौडेल यसअघि अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहनुका साथै चितवन–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार समेत बनेका थिए। उक्त निर्वाचनमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले पराजित गरेका थिए।
नयाँ गभर्नर नियुक्तिको तयारीसँगै राष्ट्र बैंकले छिट्टै गभर्नर पाउने संकेत देखिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गर्न माग
कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ : पराजुली
प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेट : प्रहरी प्रमुख हटाउनेदेखि जबरा प्रकरणसम्म छलफल
कोप-३१ मा नेपालले पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै
थप समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गर्न माग
कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ : पराजुली
‘कोप- ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डालाई प्राथमिकताका साथ उठाइने’