आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

प्रतिनिधिसभा बैठक : अर्थमन्त्री नदेखेपछि माओवादीको नियमापत्ति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा बैठक : अर्थमन्त्री नदेखेपछि माओवादीको नियमापत्ति
काठमाडौं, वैशाख ३१ :

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको अनुपस्थितिप्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नियमापत्ति जनाएको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को नियमावली २०७९ को दफा ६ (५) अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीको उपस्थितिलाई अनिवार्य गरिएको उल्लेख गर्दै अर्थमन्त्रीको अनुपस्थिति गैरसंवैधानिक रहेको भन्दै नियमापत्ति जनाए ।

‘विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहँदा अर्थमन्त्री यहाँ हुनु जरुरी थियो । उहाँलाई सदनमा उपस्थित गराएर मात्र छलफल अघि बढाउनुपर्छ,’ पाण्डेले भने ।

सभामुख देवराज घिमिरेले सचिवालयका कर्मचारीसँग परामर्श गरी अर्थमन्त्री पौडेल सोही विधेयकमाथिको छलफलका लागि राष्ट्रिय सभामा उपस्थित रहेको जानकारी प्राप्त भएको र चाँडै उपस्थिति हुने विश्वास रहेको जनाउँदै बैठकलाई निरन्तरता दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार