मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

एनआरएनए राजनीतिक दलको जनवर्गीय संगठन बन्न हुँदैन : प्रधानमन्त्री ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
एनआरएनए राजनीतिक दलको जनवर्गीय संगठन बन्न हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं, वैशाख ३१ :

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कुनै पनि हालतमा दलीय स्वार्थका लागि प्रयोग नगरिने स्पष्ट पारेका छन्।

काठमाडौंमा बुधबार  आयोजित एनआरएनएको विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएलाई नेपाली डायस्पोरा र मुलुकको हितमा मात्र प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरे। उनले संस्था राजनीतिक दलहरूको जनवर्गीय संगठन बन्न नहुने धारणा राख्दै विधिसम्मत ढंगले सञ्चालन गर्न आग्रह गरे।

‘विधिसम्मत क्रियाकलापमा सरकारको सधैं साथ रहन्छ, मेरो पनि साथ रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो विधिको युग हो, विधि तोडेर अघि बढ्न खोज्नु स्वेच्छाचारिता हुन्छ। त्यस्तो गर्नु हुँदैन।’

प्रधानमन्त्री ओलीले एनआरएनएलाई कसैको व्यक्तिगत वा राजनीतिक लाभका लागि प्रयोग हुन नदिई समग्र नेपाली डायस्पोरा र मातृभूमिको हितमा समर्पित संस्थाका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार