
काठमाडौं, वैशाख ३१ :
काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ट्राफिक प्रहरी सहायक हवल्दारलाई कुटेका छन्। उनले बुधवार सडकमै हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना भाइरल बनेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार इन्स्पेक्टर र जुनियर प्रहरीबीच विवाद भएको देखिएको छ र घटनाबारे बुझ्ने प्रक्रिया भइरहेको छ।
इन्स्पेक्टर साहले ट्रक चालकसँग रकम लिएको पाइएपछि हवल्दारलाई कारवाही गरेको दाबी गरेका छन्। कुटाइ खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए भने साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन्।