धादिङ, वैशाख ३१ :
धादिङबाट पोखरा जाँदै गरेको एक इभी (विद्युतीय सवारी) गाडी आज कास्कीको लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले झाङमाया गुरुङको मात्र सनाखत भएको र अन्य दुई जनाको नाम खुल्न बाँकी छ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरु मध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। अन्यको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, हावाहुरी र वर्षासँगै तीव्र गतिका कारण ग १ ज ८६३० नम्बरको गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण