काठमाडौं, वैशाख ३१ :

सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको छ ।

यसअघि १४ वैशाखमा डोल्पाको कान्जिरोवा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।