काठमाडौं, वैशाख ३१ :

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई नियुक्त गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार नियुक्त भएका सबै पदाधिकारीको तलब-भत्ता राष्ट्रिय मानवअधिकार आयोगसरह रहनेछ । दुवै आयोगको कार्यकाल ४ वर्षको हुनेछ ।

यी हुन् पदाधिकारीका नाम :

सत्य निरुपण तथा मेलमिलाप आयोग
महेश थापा                अध्यक्ष
अच्युतप्रसाद भण्डारी        सदस्य
टीकाप्रसाद ढकाल        सदस्य
पदमबहादुर शाही        सदस्य
कुमारीकौशल्य ओझा        सदस्य

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
लीलादेवी गड्तौला        अध्यक्ष
गोपालनाथ योगी            सदस्य
अग्निप्रसाद थपलिया        सदस्य
सिर्जना पोखरेल            सदस्य
विनीता नेपाली            सदस्य