बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि #प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि
राजनीति

सरकारलाई सांसद चालिसेको ध्यानाकर्षण- मेलम्चीको मूल स्रोतमा बस्नेले नै पाएनन् पानी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
सरकारलाई सांसद चालिसेको ध्यानाकर्षण- मेलम्चीको मूल स्रोतमा बस्नेले नै पाएनन् पानी
नेपाली कांग्रेसका सांसद सन्तोष चालिसे।
काठमाडौं, जेठ १ :

उपत्यकामा खानेपानी आपूर्ति हुने प्रमुख केन्द्र सुन्दरीजलमै स्वच्छ पानीको अभाव देखिएको भन्दै काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसद चालिसेले क्षेत्र नं ३ भरि खानेपानीको हाहाकार भएको बताए । 

सुन्दरीजलदेखि बौद्ध क्षेत्रसम्म जताततै खानेपानीको चरम अभाव भएको उल्लेख गर्दै स्थानीय बासिन्दाले मेलम्चीको पानी पाउने आशामा वर्षौंदेखि पर्खिरहेका भए पनि अझैसम्म स्वच्छ पानीबाट बञ्चित रहेको उनले गुनासो सुनाए ।

‘मेलम्चीको पानी यहीँ प्रशोधन गरी काठमाडौँ उपत्यकामा पठाइन्छ, तर पानीको मूल स्रोतमा बस्ने स्थानीयले भने त्यो सुविधा पाउन सकेका छैनन्,’ सांसद चालिसेले संसद्मा भने, ‘बागमतीको धमिलो पानी बिना प्रशोधन नै वितरण गरिँदा स्थानीयवासी आक्रोशित छन्।’ 

सुन्दरीजल क्षेत्रबाट काठमाडौं उपत्यकाभित्र ७० प्रतिशत पानी उपलब्ध हुने गरेको सांसद चालिसेले सदनमा जानकारी गराए ।

चालिसेले सुन्दरीजलदेखि चाबहिलसम्मका बासिन्दाले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिहरूसम्म आइपुगेको जनाउँदै समस्या समाधानका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए। 

उनले सरकारलाई मेलम्ची खानेपानी आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रमा प्राथमिकताका साथ स्वच्छ र शुद्ध पानी आपूर्ति सुनिश्चित गर्न पनि आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार