काठमाडौं, जेठ १ :

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलमा १ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरले मूल्य घटाइएको हो ।

घटेको मूल्य आज राति १२ बजेबाट लागु हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज (बिहीबार) प्राप्त सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।