राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले संविधानले दिएको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले आस्थाका आधारमा पचासौं मानिसलाई थुनामा राखेर सरकारले संविधानको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरेको आरोप लगाएका हुन् ।
उनले विचार अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता संविधानले दिए पनि व्यवहारिक रुपमा सरकारविरोधी विचारलाई निषेध नै गर्ने योजना बनाएर अघि बढिरहेको दाबी गरे ।
अध्यक्ष लिङ्देनले उद्योगी व्यवसायीलाई साँच्चिकै व्यावसायिक बनाउन ऐन कानुनमा सुधार गरेर मात्र नभई व्यवहारमा पनि सुधार गर्नुपर्ने बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गर्न माग
कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ : पराजुली
प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेट : प्रहरी प्रमुख हटाउनेदेखि जबरा प्रकरणसम्म छलफल
कोप-३१ मा नेपालले पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै
थप समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गर्न माग
कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ : पराजुली
‘कोप- ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डालाई प्राथमिकताका साथ उठाइने’