सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

फोनको उज्यालोमा शिक्षा उपसमितिको बैठक

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार नै पत्रकार सम्मेलनमार्फत हिजो प्राविधिक कारणले विद्युत् सेवा अवरुद्ध भए पनि लोडसेडिङ सुरु नभएको दाबी गरेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ जेठ, २०८२ मा प्रकाशित
फोनको उज्यालोमा शिक्षा उपसमितिको बैठक
काठमाडौं, जेठ २ :

काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परिरहेका बेला विभिन्न स्थानमा बत्ती झ्याप-झ्याप गएको छ ।

यसै क्रममा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि बत्ती बसिरहेको बैठकमा मोबाइलको उज्यालो प्रयोग गर्नुपरेको छ । सिंहदरबारमा शुक्रबार साँझ शिक्षा उपसमितिको बैठक चलिरहेका बेला बत्ती जाँदा फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठका अनुसार विद्युत् आपूर्ति बन्द हुँदा उपसमितिको बैठकलाई मोबाइलको उज्यालो बालेर निरन्तरता दिइएको हो ।

उपसमितिमा शिक्षा विधेयकबारे छलफल भइरहेको छ । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ ।

बिहीबारदेखि निरन्तर विद्युत् आउने-जाने हुँदा देशभरै समस्या भइरहेको छ ।

उसो त आजै नेपाल विद्युत् प्राधिकरणले शुक्रबार नै पत्रकार सम्मेलनमार्फत हिजो प्राविधिक कारणले विद्युत् सेवा अवरुद्ध भए पनि लोडसेडिङ सुरु नभएको दाबी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइमा कत्ति पनि सत्यता नरहेको दाबी गरे । तर सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

यो पनि…

हितेन्द्रदेव शाक्यको दाबी- प्राविधिक समस्याले हिजो बिजुली अवरुद्ध भयो, फेरि लोडसेडिङ हुँदैन
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार