शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

‘मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ जेठ, २०८२ मा प्रकाशित
‘मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान’
काठमाडौं, जेठ ३ :

प्रधानमन्त्री केपी ओलीले तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान रहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आज (शनिबार) सामाजिक सञ्जालमार्फत मदन-आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् । ‘मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं ।  उहाँको विचार र मार्गदर्शन सधैं हाम्रो प्रेरणा बन्नेछ । मदन-आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले ३२ वर्षअगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल संगठक आश्रितलाई गुमाएको बताएका छन् । ‘जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो,’ प्रधानमन्त्रीले लेखेका छन् ।

तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुंगा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा निधन भएको थियो ।

३२औं मदन-आश्रित स्मृति दिवस : स्मृतिसभासँगै विभिन्न कार्यक्रमको आयोजना
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार