
डोटी, जेठ ३ :
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी जनताको बलमा सत्तामा पुगेको दाबी गरेका छन्।
‘जनतासँग माओवादी’ अभियानअन्तर्गत डोटीमा आयोजित जनसभामा अध्यक्ष दाहालले माओवादी कुनै दलको कृपाबाट होइन, गरिब, मजदुर, किसान र उत्पीडित समुदायको समर्थनबाट तीनपटक सरकारको नेतृत्वमा पुगेको बताएका हुन्।
‘हामी जनताको मतबाट सत्तामा पुगेका हौं,’ उनले भने, ‘अब जनताकै पीरमर्का बुझेर सम्बोधन गर्ने जिम्मेवारी हाम्रो हो।’ दाहालले आत्मालोचना गर्दै पार्टी फेरि जनतामाझ आएको र उनीहरूको विश्वास जित्ने प्रयास जारी रहने बताए।