बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि #प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि
राजनीति

शेखर कोइराला सोध्छन्- गभर्नर नियुक्तिमा अस्वाभाविक चलखेल किन ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ जेठ, २०८२ मा प्रकाशित
शेखर कोइराला सोध्छन्- गभर्नर नियुक्तिमा अस्वाभाविक चलखेल किन ?
फाइल फोटो ।
काठमाडाैं, जेठ ३ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अस्वाभाविक चलखेल भइरहेको आशंका गरेका छन् । राजधानीमा शनिबार  आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले गभर्नर नियुक्तिको विषयमा संविधान मिचिएको भन्दै आपत्ति समेत जनाए।

उनले संविधानमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति गर्नुपर्ने स्पष्ट प्रावधान रहेको भए पनि सरकारले त्यसको अवज्ञा गरेको टिप्पणी गरे।

कोइरालाले गभर्नर नियुक्तिमा ढिलाइ हुनुको पछाडि रेमिट्यान्सको नाममा नेपालमा अवैध रकम भित्रिएको आशंका समेत व्यक्त गरे। ‘गत महिनामात्र करिब २ खर्ब रेमिट्यान्स भित्रिएको तथ्याङ्क छ,’ उनले भने, ‘तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने रकम मात्रले त्यो सम्भव देखिँदैन। कतै गडबडी त भइरहेको छैन?’

सभापति शेरबहादुर देउवासँगको छलफलमा ‘राम्रै व्यक्ति गभर्नर बन्ने’ आश्वासन पाए पनि आफू पूर्णरूपमा ढुक्क हुन नसकेको कोइरालाको भनाइ थियो।

त्यस अवसरमा उहाँले दण्डहीनता, भ्रष्टाचार र शासन व्यवस्थामा देखिएको कमजोरीप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो। ‘पैसा दिने व्यक्ति जेल जाने तर लिने सांसद उन्मुक्त हुने अवस्था दण्डहीनताको पराकाष्ठा हो,’ कोइरालाले भन्नुभयो, ‘यदि हामीले सुशासनको मार्ग अँगालेनौं भने जनताको भरोसा गुम्ने खतरा रहन्छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार