प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यप्रति सामाजिक सञ्जालमा भइरहेको आलोचना नियोजित न्यारेटिभ भएको बताएका छन् ।
रिमालले आइतबार सामाजिक सञ्जालमार्फत सुझाव दिँदै समाजमा सेवा दिनेहरू भन्दा कथा बुन्नेहरू चर्चामा रहेको टिप्पणी गरे। ‘समाजलाई कामको प्रतिफल दिने होइन,’रिमालले लेखेका छन् , ‘न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ ।’
उनका अनुसार शाक्य काबिल र इमान्दार छन् तर तिनको योगदानलाई देख्नेभन्दा पनि आलोचना फैलाउने व्यावसायिक न्यारेटिभ निर्माता सक्रियरूपमा लागिपरेका छन्। ‘बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ,’ रिमालले भनेका छन्, ‘बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो ।’
शाक्य नियुक्त भएयता लोडसेडिङको प्रसंग सामाजिक सञ्जालमा चर्चामा आएपछि रिमालले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले न्यारेटिभको पर्दामा लुकेको यथार्थ बुझ्न आग्रह गर्दै शाक्यलाई सजग रहन सुझाव दिएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने
निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु
दसैँ पर्वका लागि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल,हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा आइपुगे