शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सांसद गौतमको आरोप : न्याय सम्पादन हुनुअघि नै न्यायिक प्रक्रियाको हत्या गर्न थालियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ जेठ, २०८२ मा प्रकाशित
सांसद गौतमको आरोप : न्याय सम्पादन हुनुअघि नै न्यायिक प्रक्रियाको हत्या गर्न थालियो
काठमाडौं, जेठ ४ :

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले अदालतले संविधान विपरीत कार्य गर्दै न्यायिक प्रक्रियाको हत्या गर्न थालेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभा आइतबारको  बैठकमा उनले हालै उच्च अदालत पोखराले सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा प्रतिवादीलाई जानकारी नदिई सुनुवाइ थालेकोप्रति आपत्ति जनाउँदै न्यायपालिकामाथि गम्भीर प्रश्न उठाइन्।

‘सुनुवाइ सुरु भइसकेपछि मात्रै जानकारी दिँदा प्रतिवादी पक्षले आफ्ना तर्क राख्नै पाउँदैन,’गौतमले भनिन्, ‘यो त प्राकृतिक न्यायको सिद्धान्तको घोर उल्लङ्घन हो।’

उनले अदालत कार्यपालिकाजस्तै प्रवृत्ति देखाउन थालेको भन्दै विधिको शासनमाथि खतरा उत्पन्न भएको बताइन्। ‘न्यायिक प्रक्रिया निष्पक्ष देखिनु मात्रै होइन, साँच्चै निष्पक्ष हुनुपर्छ,’ उनले भनिन्, ‘एकपक्षीय ढंगले अघि बढाइएको प्रक्रिया लोकतन्त्रको रक्षक न्यायालयलाई क्षयीकरणतर्फ डोर्याउने संकेत हो।’

गौतमले न्यायालयको यस्तो रवैयाले जनतामा निराशा बढाउने भन्दै नागरिक समाज र प्रेस जगतलाई सचेत रहन आग्रह गरिन्। उनले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी प्रधानन्यायाधीशको काँधमा रहेको उल्लेख गर्दै न्यायपालिकामा विश्वास गुम्न नदिन आग्रहसमेत गरिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार