बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

कांग्रेसका ६ वरिष्ठ नेताको असन्तुष्टि : सरकार सातबुँदे सहमतिअनुसार चलेन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ जेठ, २०८२ मा प्रकाशित
कांग्रेसका ६ वरिष्ठ नेताको असन्तुष्टि : सरकार सातबुँदे सहमतिअनुसार चलेन
काठमाडौं, जेठ ४ :

कांग्रेसका शीर्ष नेताहरूले सात बुँदे सहमति कार्यान्वयनमा सरकारले अपेक्षित ढंगले काम नगरेको निष्कर्ष निकालेका छन् ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा आइतबार बसेको बैठकमा सहभागी नेताहरूले गत असार १७ गते कांग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिअनुसार सरकार नचलेको निष्कर्ष निकाल्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

‘दुई ठूला दल मिल्दा पनि जनतामा निराशा झनै बढेको छ,’ एक नेताले भने, ‘सरकारको काम प्रभावकारी बन्न सकेको छैन । अब सुधार आवश्यक छ ।’

सरकारको नेतृत्वमा रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वयं सहभागी भेलामा यस्तो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त भएको हो । बैठकमा पार्टीको १५औँ महाधिवेशनलाई निर्धारित समयमा सम्पन्न गर्ने तयारीबारे पनि छलफल भएको छ ।

नेताहरूले देउवासँग सामूहिक भेट गरी महाधिवेशनबारे औपचारिक कुराकानी गर्ने तयारीसमेत गरेका छन् । साथै, देउवाको उत्तराधिकारी चयनका विषयमा समेत नेताहरूबीच निरन्तर संवाद भइरहेको स्रोतले जनाएको छ ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र पूर्वसहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार