काठमाडौं, जेठ ५ :
मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार सोमबार साँझ ५ बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो । आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।
सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् ।
समितिको बैठक आजै बसेर गभर्नरका लागि ३ जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।
सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ ।
सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने