बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

ओलीलाई लिङ्देनको जवाफ- सम्झौता नगर्ने भए भाग्नलाई हेलिकोप्टर दिन्छौं

‘अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
ओलीलाई लिङ्देनको जवाफ- सम्झौता नगर्ने भए भाग्नलाई हेलिकोप्टर दिन्छौं
काठमाडौं, जेठ ६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेलिकोप्टर चढेर भाग्न मौका दिने जवाफ फर्काएका छन्। राजावादी पक्षधरको आन्दोलनको तयारी बैठकमा उनले प्रधानमन्त्रीलाई यस्तो जवाफ फर्काएका हुन् ।

केही दिनअघि संसद्मा प्रधानमन्त्रीले भागेर कहाँ जाने भन्दै उमेरका हिसाबले पनि भाग्न सकिँदैन भनी अभिव्यक्ति दिएका थिए । ‘सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले, ’ लिङ्देनले भने, ‘हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट  दिन्छौं ।’

लिङ्देनले जेठ १५ देखि सुरु हुने आन्दोलनलाई टुंग्याएरै छाड्ने बताए । उनले आन्दोलन शान्तिपूर्ण र आयोजकको पूर्ण नियन्त्रणमा हुने दाबी पनि गरे ।

आन्दोलनलाई नभड्काउन सरकारलाई चेतावनी दिँदै  दमन गरेर हिंसामा भड्काउने मौका समेत नदिइने उनको भनाइ थियो । मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थालाई आन्दोलनको निरीक्षण गर्न पनि उनले आग्रह गरेका छन् ।

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने बताए । कुटाइ खानुपरे अग्रभागमा रहेका नेताले खाने थापाको भनाइ थियो। उनले अबको आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै ढुक्क भएर प्रदर्शनमा सहभागी हुन पनि आग्रह गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार