काठमाडौं, जेठ ६ :

नेपाल प्रहरीको डीआईजी सिद्धिविक्रम शाहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ।

बढुवा समितिको मंगलबार बसेको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो।

आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन्। शाह हाल विशेष ब्युरोका प्रमुख हुन्।