शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति भिडियो

मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक (सूचीसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ जेठ, २०८२ मा प्रकाशित
मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं, जेठ ८ :

सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट भएका ९ निर्णय सार्वजनिक गरेको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले कञ्चनपुरस्थित नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदीको बीच भागमा जम्मा भएको नदिजन्य पदार्थ हटाउने र बाढी न्यूनीकरणका लागि आवश्यक अस्थायी नदी नियन्त्रण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको छ।

त्यस्तै, नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

साथै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सिफारिसअनुसार तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ लाई स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित अन्य निर्णयहरू समेत गरेर जम्मा नौ वटा निर्णय गरेको जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णय :

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार