
काठमाण्डौं, जेठ ९ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ ।
जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछानेको तर्फबाट जवाफी बहस गरेका थिए भने सतिष कृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।
आज सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु भएको र आजै आदेश आउनेछ ।
हिजो जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।