
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदै छिन् ।
आज (शनिबार) राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन् ।
उनी भोलि (आइतबार) बिहान विहान ११ बजे राजधानी बेइजिङमा पुग्नेछिन् । पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका अवसरमा पूर्वराष्ट्रपति भण्डारीको चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट हुनेछ ।
उनको टोलीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित १४ जनाको टोली सहभागी छ ।
-फाइल तस्बिर