काठमाडौं, कात्तिक १८ :
परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरे । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले नेपाल-भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा उनीहरुबीच नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिश्रीबीच दुई मुलुकबीचको सम्बन्ध र सहकार्यसहित ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका विविध विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएको घटनाको छानबिन गर्न समिति गठन
‘नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी निजी क्षेत्रको लगानी र उद्यमशीलतासँग जोड्नुपर्छ’
समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता