सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल
कैलाली, जेठ १० :

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

भोलिदेखि हुने प्रदेशसभा अधिवेशनका सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सम्पन्न बैठकमा सरकारको भावी नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो । 
मुख्यमन्त्रीले विकास खर्च बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सदनमा विपक्षीलाई रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताले नीति तथा कार्यक्रमका साथै बजेटका प्राथमिकताका सम्बन्धमा  सुझाव दिएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार