बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

‘मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ जेठ, २०८२ मा प्रकाशित
‘मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण’
चितवन, जेठ ११ :

चितवनमा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् ।

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उनले भने, ‘यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो ।’ मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको उनले बताए।

जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । ‘यहाँ कतै मकै पाकेको छभने कतै लगाउँदै गरेका छन् । यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा यसको कीराको आक्रमण बढेको हो,’ चौहानले भने, ‘जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो ।’ धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उनले बताए ।

अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ । मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्‍याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिए । उनका अनुसार यस कीराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्‍याउने गर्छ । यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ ।

चौहानले पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीरोका बारेमा बुझ्न र केही समय बारी खाली राख्न सुझाव दिए ।

उनले मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, कीराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि सुझाव दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार