
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै ओलीले बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । ‘निर्देशन पछि आउँछ, तपाईंहरू तयारी हालतमा बस्नुस्,’ओलीले भने, ‘१५ गते के गर्ने भन्ने पार्टीले बताउँछ। तर त्यो दिन हाम्रो शक्ति देखिनुपर्छ ।’
प्रधानमन्त्रीले राजावादीहरुको आन्दोलन रोक्ने गरी पार्टी कार्यकर्तालाई सक्रिय रूपमा तयारीमा लाग्न निर्देशन दिनुले अवस्था बिग्रन सक्ने पो हो कि भनेर राजनीतिक वृत्तमा आशंका बढेको छ । त्यसदिन राजावादीले काठमाडौं उपत्यकालगायत देशभर प्रदर्शन गर्ने भएका छन् । उनीहरुले जेठ १५ देखि आन्दोलन सुरु गरेर व्यवस्था नै परिवर्तन गर्ने उद्घोष गरेका छन् ।
राजावादीहरू कुनै महान उद्देश्यका लागि नभई साना स्वार्थका लागि आन्दोलनमा उत्रिएको उनको आरोप थियो। ओलीले आन्दोलनमा प्रोटोकल लागू नहुने भन्दै सबै कार्यकर्तालाई एकताबद्ध भएर उत्रिन आह्वान गरे ।
राजसंस्थाको समर्थन गर्दै नारायणहिटीमा नारा लगाउनेहरूलाई लक्षित गर्दै ओलीले प्रश्न गरे, ‘प्राणभन्दा प्यारो राजा भनेका थिए, तर वीरेन्द्र मारिँदा कहाँ गएका थिए ?’
यो पनि…
८४ मा एमालेको स्पष्ट बहुमत आउँछ/आउनुपर्छ, असम्भव छैन : अध्यक्ष ओली