बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति

रविन्द्र मिश्र, धवलशमशेर र दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध मुद्दा दायर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ जेठ, २०८२ मा प्रकाशित
रविन्द्र मिश्र, धवलशमशेर र दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, जेठ ११ :

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजसंस्था पक्षधरहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको घटनामा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले ५० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले १०८ जनाविरुद्ध मुद्दा चलाउन राय दिएकोमा सरकारी वकिलले ५० जनालाई मात्र अभियोग लगाएको हो।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरिएको छ। व्यवसायी दुर्गा प्रसाईँसहित आठ जनाविरुद्ध भने कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ।

दर्ता भएकामध्ये चार जना नाबालक छन्। उनीहरूविरुद्ध बालअदालतमा सोमबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार