बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार भिडियो

कांग्रेस पदाधिकारी बैठकमा शशांकको प्रस्ताव- शेखर, सुनील र राजेन्द्रलाई स्पष्टीकरण सोधौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
कांग्रेस पदाधिकारी बैठकमा शशांकको प्रस्ताव- शेखर, सुनील र राजेन्द्रलाई स्पष्टीकरण सोधौं
काठमाडौं, जेठ १२ :

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको सार्वजनिक रुपमा राजीनामा माग गर्ने नेताहरुलाई स्पष्टीकरण सोध्नुपर्ने माग भएको छ ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा नेता डा. शशांक कोइरालाले गृहमन्त्रीको राजीनामा मागिएकोप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले स्पष्टीकरण सोध्नुपर्ने सुझाव पार्टी सभापतिलाई दिएको बताए ।

‘हामी सभापतिलाई तपाईंले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो ? भन्ने यसको त समाधान निकाल्नुपर्‍यो नि । एक-आपसमा मूडभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा ? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौँ,’ शशांकले पत्रकारसामु भने ।

यद्यपि सभापति देउवाले यस विषयमा भने कुनै जवाफ नदिएको शशांकको भनाइ छ ।

पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष भएको निष्कर्ष निकाल्दै राजीनामा दिन नपर्ने निर्णय सुनाएको छ ।

भिजिट भिसा प्रकरणमा संस्थापनइतरका नेता डा. शेखर कोइरालासहित नेताहरु डा. सुनील शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग सार्वजनिक रुपमा अभिव्यक्ति दिइराखेका छन् ।

यही प्रकरणमा गृहमन्त्री लेखकका सचिवालय सदस्यहरू संलग्न रहेको आरोप लागेसँगै नेताहरुले यस्तोमा माग गरेका हुन् । जसमा विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत राजीनामाको माग गरेका छन् ।

अझ भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै रास्वापा र माओवादीले सदन अवरोधको तयारी गरिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार