काठमाडौं, जेठ १२ :

नेकपा माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच पार्टी एकता भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैँजूबीच आज (सोमबार) सहमतिपत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा पार्टी एकता गरिएको छ ।

दुवै नेताले संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरी आदान-प्रदान गरेका छन् । यसअघि आजै गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि माओवादी केन्द्रमा विलय भएको थियो । उक्त पार्टी एकता कार्यक्रम ललितपुरमा सम्पन्न भएको थियो ।

पार्टी एकतापछि माओवादी केन्द्र अब थप बलियो बन्दै गएको अध्यक्ष प्रचण्डको दाबी छ । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र ठूलो पार्टीका रूपमा उभिने विश्वास व्यक्त गरेका छन् ।

 

माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपाबीच पार्टी एकता (तस्बिरसहित)