बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश भिडियो

धादिङको सोप्याङ पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
धादिङको सोप्याङ पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
काठमाडौं, जेठ १३ :

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन दुईतर्फी नै बन्द भएको छ ।

पुलमा क्षति भएपछि अहिले दुईतर्फी नै आवागमन रोकिएको छ ।  अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

सोत्याङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ ।

नयाँ पुलको निर्माण  पुरानो पुलको छेउमा भईरहेकोले भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान गरिएको छ ।

नागाढुङ्गा - पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो ११ :३० देखि ३ बजे सम्म सवारी आउजाउ रोकिए पछि धार्के सितापाइला सडक बाट साना सवारी आउजाउ गर्ने गरेको भए पनि सोप्याङ खोलाको पुल भासिए पछि पृथ्वी राजमार्गबाट काठमाडौ  आउ जाउ गर्ने सवारी पुर्न रुपमा रोकिएको छ ।

भासिएको पुलमा बैकल्पिक ब्यबस्थापन कसरी गर्ने भन्ने बिसयमा अध्ययन भइ रहेको निर्माणाधिन सडक आयोजनाले जनाएको छ । काठमाडौ जाने सवारीले अहिले गल्छी बाट नुवाकोट हुँदै छहरे टोखाको सडकलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सक्ने छन ।
 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार