काठमाडौं, जेठ १३ :

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन दुईतर्फी नै बन्द भएको छ ।

पुलमा क्षति भएपछि अहिले दुईतर्फी नै आवागमन रोकिएको छ ।  अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

सोत्याङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ ।

नयाँ पुलको निर्माण  पुरानो पुलको छेउमा भईरहेकोले भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान गरिएको छ ।

नागाढुङ्गा - पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो ११ :३० देखि ३ बजे सम्म सवारी आउजाउ रोकिए पछि धार्के सितापाइला सडक बाट साना सवारी आउजाउ गर्ने गरेको भए पनि सोप्याङ खोलाको पुल भासिए पछि पृथ्वी राजमार्गबाट काठमाडौ  आउ जाउ गर्ने सवारी पुर्न रुपमा रोकिएको छ ।

भासिएको पुलमा बैकल्पिक ब्यबस्थापन कसरी गर्ने भन्ने बिसयमा अध्ययन भइ रहेको निर्माणाधिन सडक आयोजनाले जनाएको छ । काठमाडौ जाने सवारीले अहिले गल्छी बाट नुवाकोट हुँदै छहरे टोखाको सडकलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सक्ने छन ।