
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक प्रधानमन्त्री भेट्न उनको सरकारी निवास बालुवाटर पुगेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले हिजो (मंगलबार) प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएपछि कांग्रेस सभापति देउवाले गृहमन्त्री लेखकलाई लिएर प्रधानमन्त्री केपी ओलीसँग भेट्न बालुवाटार पुगेका हुन् ।
सरकारले भोलि (जेठ १५ गते) संसद्मा आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुतको तयारी गरेको छ । बजेटको तयारी भइहँदा सदनमा विपक्षी दलहरुको अवरोध हटाउन सरकारमाथि दबाब परेको छ ।
हिजो (मंगलबार) को संसद् बैठक अवरोधपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि विपक्षीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेपछि आज (बुधबार) पनि बैठक नियमित सञ्चालन हुने सम्भावना कम छ ।