शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

गृहमन्त्रीको राजीनामा नआउने : संसद्‌मा बोल्न दिन विपक्षीलाई सत्तापक्षको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
गृहमन्त्रीको राजीनामा नआउने : संसद्‌मा बोल्न दिन विपक्षीलाई सत्तापक्षको आग्रह
काठमाडौं, जेठ १४ :

 प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

छलफलमा गृहमन्त्री लेखक आफैं पनि सहभागी थिए। बैठकमा सत्तापक्षका नेताहरूले संसदमा उठेका विषयमा गृहमन्त्रीलाई स्पष्ट पार्न दिने वातावरण बनाउन विपक्षी दलहरूलाई आग्रह गर्ने निर्णय गरेका छन्।

सत्तारूढ दलका मुख्य सचेतक महेश बर्तौलाले संसद् सञ्चालनमा विपक्षीको सहयोग आवश्यक रहेको बताए। उनले भने, “भोलि बजेट ल्याउनुछ, आज आर्थिक सर्वेक्षण पेस गर्नुछ। एउटा कर्मचारीको विषय उठाएर संसद् अवरुद्ध गर्नु ठीक होइन। गृहमन्त्रीले जवाफ दिन चाहनु भएको छ, त्यसका लागि माहोल बनाउनुपर्छ।”

हिजो संसद् प्रमुख प्रतिपक्षी दलको आग्रहमा स्थगित गरिएको उल्लेख गर्दै बर्तौलाले आज भने सदन अघि बढाउन सबैको सहयोग आवश्यक रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार