बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल #नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार

हङकङ पुगिन् परराष्ट्रमन्त्री राणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
हङकङ पुगिन् परराष्ट्रमन्त्री राणा
काठमाडौं, जेठ १५ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (बिहीबार) हङकङ पुगेकी छन् । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेको राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदै छ । समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।

मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता रहनेछ । प्रेस सल्लाहकार पाठकका अनुसार परराष्ट्रमन्त्री राणा आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार