बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश अर्थतन्त्र

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

· शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो
पर्सा, जेठ १७ :

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ ।

चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् ।

जबकी आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने रु दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउनुहुन्छ ।

इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनबाट रु चार अर्ब तीन करोड राजस्व सङ्कलन भएको छ । तर, गत आवको सोही अवधिमा भने रु चार अर्ब ३९ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा रु ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकी गत आवको सोही अवधिमा भने रु दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो ।

चालु आवको १० महिनामा विद्युत्बाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा रु ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । जबकी गत आवको १० महिनामा भने रु ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना÷ठूला सवारीसाधन गरेर रु १८ अर्ब ५२ करोड मूल्यका रु दुई करोड १४ लाख ७५ हजार ४७१ वटा  सवारीसाधन आयात भएका छन् ।

ती सवारीसाधन आयात हुँदा कार्यालयले भने रु १५ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको वैशाख मसान्तसम्मको अवधिमा रु १७ अर्ब ५ करोड मूल्यका २६ थरिका रु दुई करोड ७० लाख २२ हजार दुई सय २२ वटा साना/ठूला सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयातबाट कार्यालयले रु १३ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार