कोलम्बो, जेठ १७ :

श्रीलङ्कामा निरन्तरको भारी वर्षा र तीव्र हावाले करिब ६ हजार मानिस प्रभावित भएका छन्। 

देशको विपद् व्यवस्थापन केन्द्रका अनुसार हालसम्म १ हजार ५७९ परिवारका ५ हजार ९७४ जना खराब मौसमका कारण प्रत्यक्ष असरमा परेका छन् भने १ हजार ५४५ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

यसैबीच, सिलोन विद्युत् बोर्डले मनसुनी वर्षा र हावाहुरीका कारण ५० हजारभन्दा बढी जनसङ्ख्या विद्युत् कटौतीबाट प्रभावित भएको जनाएको छ।

मौसम विभागले ३०–४० किमि प्रतिघण्टाको गतिमा हावाहुरीसहितको वर्षा आगामी २४ घन्टा पनि जारी रहने पूर्वानुमान गरेको छ। साथै, नागरिकलाई सम्भावित क्षति रोक्न सतर्क रहन आग्रह गरिएको छ।