बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

भोलिदेखि सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ जेठ, २०८२ मा प्रकाशित
भोलिदेखि सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा
फाइल तस्बिर।
काठमाडौं, जेठ १८ :

गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई राइड सेयरिङमार्फत भाडामा सञ्चालन गर्न दिने निर्णयविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

चार वटा महासंघ र चार मजदुर संघहरूको संयुक्त गठबन्धन सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति भोलिदेखि सवारी साधन घर-ग्यारेजमै थन्क्याउने घोषणा गरेको छ। उनीहरूले यस आन्दोलनका कारण उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने स्पष्ट पारेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका हुन्।

 गण्डकी प्रदेश सरकारले संविधान र सवारी तथा यातायात व्यवस्था ऐन विपरीत निर्णय गरी, १० वर्ष पुराना दुईपांग्रे र १५ वर्ष पुराना चारपांग्रे निजी सवारी साधनलाई भाडामा चलाउने अनुमति दिएको व्यवसायीहरुको आरोप छ।

समितिले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि संघीय तथा प्रदेश सरकारबाट सुनुवाइ नभएको भन्दै, सरकारसमक्ष ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको जनाएको छ। समितिका संयोजक डा. डोलनाथ खनालले यातायात बन्दबाट सर्वसाधारण र यात्रुहरुमा पर्नसक्ने असुविधाप्रति क्षमा मागेका छन् । 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार