सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

फेरिए ४ जिल्लाका प्रजिअ, कसको जिम्मेवारी कहाँ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ जेठ, २०८२ मा प्रकाशित
फेरिए ४ जिल्लाका प्रजिअ, कसको जिम्मेवारी कहाँ ?
काठमाडौं, जेठ १८ :

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बर्दिया, कास्की, धनुषा र पाँचथर जिल्लामा प्रजिअ फेरिएका हुन् ।

गृह मन्त्रालयमा कार्यरत सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । यसअघि बर्दियामा कार्यरत रहेकी रुद्रादेवी शर्मा कास्की पठाइएको छ ।

कास्कीका तत्कालीन सीडीओ भरतमणि पाण्डे मन्त्रालय तानिएका छन् । त्यस्तै, शंकरहरि शर्मा धनुषाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् भने अरुण पोखरेल पाँचथरको सीडीओ बनेका छन् ।

गृह मन्त्रालयले गरेको यो सरुवासँगै सम्बन्धित जिल्लामा प्रशासनिक नेतृत्व परिवर्तन भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार