
काठमाडौं, जेठ १९ :
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा अहिले वार्ता जारी छ । यातायात खुलाउने बारे छलफल भईरहेको बताईएको छ ।
गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच वार्ता भएको हो ।
व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावलीको विरोध गर्दै आएको छ । नियमावली खारेजीको माग गर्दै आजबाट व्यवसायीहरूले अनिश्तिकालिन यातायात बन्द आह्वान गरेको छ ।
यातायात बन्दले जनजीवन प्रभावित बनेको छ । हिजो सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सूचना जारी गर्दै आजबाट देशभर सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेको हो ।